अन्र्तराष्टिय अवार्डद्धारा ब्रह्माकुमारीज,नेपाललाई सम्मान

मानवियताको क्षेत्रमा कार्यरत संस्थाहरुलाई सम्मान गर्ने क्रममा यहि असोज २४, २०७६ का दिन सेन्टरल पार्क होटल बैककमा Your Highness Excellency Princess Of Vietnam Dr. Maria Amor Torres And President of Croatia His Excellency IVO Joaipovic 3rd President of Croatia And Dr. Aphinita Chaichana ले सयुक्तरुपमा सम्मान गर्नु भएको छ ।
प्रतिनिधी पात्रका रुपमा ब्रह्माकुमार विजय राज सिग्देललाई उपलव्ध गराइएको थियो । नारीको क्षेत्रमा कार्यरत संस्था ब्रह्माकुमारीज ले नारी शसक्तिकरण गरीरहेको कुरालाई उजागर गरीएको थियो भने हाल भगिनि संस्था आमा घर निर्माण गर्नमा पुर्याएको योगदानको पनि सझंना गरीएको थियो । सार्क मुलुकका केही सम्मानित महानुभावहरुलाई जमघट गराई निरन्तर रुपमा we care for Humanity भन्ने संस्थासँग भविष्यका दिनहरुमा समेत सहयोगको हात बढाइदिइरहन समेत अनुरोध गरीएको थियो |

Share: