त्रिभूवन विश्वविद्यालय र ब्रह्माकुमारी ईश्वरीय विद्यालय बीच समझदारीपत्रमा (MoU) हस्ताक्षर

आज आषाढ १२ गते, बिहीबार २०७६ साल, त्रिभूवन विश्वविद्यालय तथा भारतको माउण्ट आबू स्थित प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विद्यालयको Rajyoga Education and Research Foundation(RE&RF) बीच त्रिभूवन विश्वविद्यालय अन्तरगत संकायहरूमा मूल्य शिक्षाको पठनपाठन गराउने समझदारीपत्रमा त्रिभूवन विश्व विद्यालयका उपकुलपति प्रा. डा. तीर्थ राज खनिया र ब्रह्माकुमारी संस्थाको तर्फबाट RE&RF शिक्षा प्रभागका अध्यक्ष राजयोगी डा. मृत्यून्जयका वीच त्रिभूवन विश्वविद्यालयमा आज हस्ताक्षर सम्पन्न भयो ।
समझदारीपत्रमा त्रिविविका शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठी‚ रजिष्ट्रार डिल्ली राम उप्रेती‚ अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख प्रा. डा. भूप प्रसाद धमला तथा ब्रह्माकुमारी संस्थाका नेपालका निर्देशक राजयोगिनी ब्रह्माकुमारी राज रानी‚ मूल्य शिक्षा विभागका निर्देशक डा. पाण्डियामनी र शिक्षा प्रभागका राष्ट्रीय संयोजक तीलक बहादुर शाहीको समेत हस्ताक्षर गरिएको थियो ।
यसबाट मुलुकको पाको तथा विश्वकै सबै भन्दा धेरै विद्यार्थि अध्ययन गर्ने र विश्व भरीका १००० विश्वविद्यालय मध्येमा चुनिएको त्रिभूवन विश्वविद्यालय र अन्तरगत संकायहरूमा मूल्य शिक्षाको पठन पाठन गर्ने ढोका खुलेको छ ।

Share: