शुभ दीपावली, तिहार पर्व, नेपाल संवत् ११४० तथा छठ पर्वको पुनीत उपलक्ष्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ठमेल विश्व शान्ति भवन परिसरमा भव्य रूपमा आयोजना गरिएको श्रीमहालक्ष्मी, श्रीसरस्वती र श्रीगणेशको चैतन्य झाँकी तथा शुभकामना आदान प्रदान कार्यक्रम

काठमाण्डौं, कात्र्तिक १० गते, आइतबार ।
शुभ दीपावली, तिहार पर्व, नेपाल संवत् ११४० तथा छठ पर्वको पुनीत उपलक्ष्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ठमेल विश्व शान्ति भवन परिसरमा भव्य रूपमा आयोजना गरिएको श्रीमहालक्ष्मी, श्रीसरस्वती र श्रीगणेशको चैतन्य झाँकी तथा शुभकामना आदान प्रदान कार्यक्रमको दीप प्रज्वलित गरी उद्घाटन गर्नु हुँदै प्रदेश नं. ३ का माननीय सभामुख सानुकुमार श्रेष्ठले शुभ दीपावली, तिहार पर्व, नेपाल संवत् तथा छठको हार्दिक मंगमलमय शुभकामना व्यक्त गर्दै नेपाल धर्तीबाट नै चार आध्यात्मिक आयामको विकास भएको कुरा राख्दै यही धर्तीबाट चेतनाको विकास विश्वमा फैलिएको यादगारमा नै चेतनाको प्रतीक दीप ज्योति बाली मनाइने गरिएको हो भन्ने भनाइ राख्दै आन्तरिक चेतनाको विकास गर्नु नै वास्तविक दीपावली मनाउनु हो भन्ने कुरा राख्नुभयो । शरीर रूपी मन्दिरमा रहेको चेतना रूपी ज्योतिको यादगार पर्व नै भाइ टिका हो भन्ने विचार राख्दै नेपालको सांस्कृतिक विरासतलाई हामीले जोगाइराख्नु पर्ने कुरामा जोड दिनुभयो ।
सभापतिको आसनबाट ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी राज दिदीले ज्ञान प्रकाशले जागृत मनस्थितिबाट मात्रै स्वभाव संस्कारलाई परिवर्तन गरी पुनः सुखद, समृद्ध र सभ्य संसारको निर्माण गर्न सकिने तथ्य माथि प्रकाश पार्नु हुँदै यसका लागि प्रत्येकको जीवनमा दैवी मूल्य र आचरणको खाँचो रहेको कुरा बताउनु भयो । अहिंसा र शान्ति आजको समाजको आवश्यकता रहेको र स्वयम् परमात्मा परमज्योति यस धरामा आएर त्यस्तो समाजको पुनस्र्थापनाका लागि ज्ञान र योगको शिक्षा दिइरहनु भएको कुरा समेत बताउनु भयो ।
कार्यक्रममा नर्वेजियन विश्वविद्यालयका प्रा. डा. विशाल सिटौला, ब्रह्माकुमार रामसिंह ऐर, ब्रह्माकुमार तिलकबहादुर शाही, ब्रह्माकुमार किशोर मल्ल, भ्राता जीवनलाल पिया लगायतले प्रकाश विना संसार अन्धकारमय हुने त्यसैले स्थूल दीप भित्र लुकेको आत्मा दीप, परमात्मा दीपराजको पनि रहस्य जानेमा तमसोमा ज्योर्तिगमय हुने र ज्ञान (सरस्वती), धन (लक्ष्मी), बुद्धि, विवेक (गणेश) प्राप्त हुने कुरामाथि प्रकाश पार्नु भएको थियो । समारोहमा चैतन्य झाँकी प्रदर्शनका अतिरिक्त भैली र देउसी गीतमा नाच गानको रमाइलो कार्यक्रम समेत प्रदर्शन गरिएको थियो ।

Share:

Leave a Comment