८३ औं महाशिवरात्रि पर्व

८३ औं महाशिवरात्रि पर्वको पुनीत अवसरमा ब्रह्माकुमारीज नेपाल भिन्ना भिन्नै सात स्थानबाट शिव पार्वतीको चैतन्य झाँकी सहीतको शान्ति, समृद्धि तथा स्वर्णिम युगका लागि वैश्विक जागृति पद यात्रा निकालेको थियो । जसको समापन आध्यात्मिक प्रवचन कार्यक्रमका साथ राष्ट्रिय पज्ञा पतिष्ठान परिसर कमलादीमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा हजारौंको संख्यामा उपस्थिति एक विशाल सभालाई माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले नेपाल बहुभाषी, बहुजातीय र बहुधार्मिक देश भएकोले यहाँ सबैले सबैको सम्मान तथा आपसी मेलमिलाप हुनु अत्यन्त आवश्यक रहेको कुरा राख्दै यस कार्य तथा शान्ति स्थापनाको कार्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेलेको कुरा बताउनु भयो । समारोहमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी राज दिदीले समाज, राष्ट्र र समग्र विश्वको कल्याण तथा मानवमा शाश्वत मूल्य र गुण–शक्तिको विकासका लागि परमात्मा शिवसंग योगयुक्त हुनु जरुरी हुने कुराको सन्देश दिनु नै शिवारात्रि पर्वको वास्तविक लक्ष्य रहेको कुरा बताउनु भयो ।

Share: