रक्षा बन्धन पर्वको पावन अवसरमा ब्रह्माकुमारीज नेपालद्वारा आयोजित रक्षा बन्धन कार्यक्रम

३०/०४/२०७६ काठमाडौं, नेपाल

आज रक्षा बन्धन पर्वको पावन अवसरमा ब्रह्माकुमारीज नेपालद्वारा आयोजित रक्षा बन्धन कार्यक्रम अन्तर्गत सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीलाई पवित्रता र रक्षाको सूचक राखी बाँध्ने कार्य सम्पन्न भयो । सम्माननीय राष्ट्रपतिज्यूबाट रक्षाबन्धनको पावन पर्वमा सबैको सुख समृद्धि र शान्तिको कामना गर्नु हुँदै यस क्षेत्रमा ब्रह्माकुमारी अभियानले गरिरहेको असल कार्यको लागि धन्यवाद समेत दिनुभयो । यसै गरी सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई पनि रक्षाबन्धज गर्ने कार्य सम्पन भयो । उक्त अवसरमा सम्माननीय प्रधान मन्त्रीज्यूले पृथ्वी, आकाश, हावा र समग्र विश्वमा नै शान्तिको आवश्यकता भएको कुरा बताउनु हुँदै सर्व जन सुखाय र सर्व जन हिताये महत्वपूर्ण कार्य गरी समाजमा व्याप्त ईष्र्या, घृणा र हिंसा जस्ता अनिष्ठलाई समाप्त गर्ने ब्रह्माकुमारी राजयोग संस्थाको भूमिका अग्रपत्तिंमा रहेकोमा संस्थाको प्रशंसा गर्नुभयो तथा समस्त मुलुकवासीलाई सुख, शान्तिको कामना पनि गर्नु भयो । यसैगरी सम्माननीय सभामुख कृष्ण बहादुर महरा, माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेल, माननीय उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री लालबाबु पण्डित, अर्थ मन्त्री डा. युवराज खतिवडा, पूर्व अर्थमन्त्री डा. राम शरण महत, पूर्व प्रधानमन्त्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्तमहानिरीक्षक पुष्कर कार्कीलाई समेत राखी बाँध्ने कार्यक्रम सम्पन्न भयो । यसका साथै देश-विदेशभर ब्रह्माकुमारीजका तर्फबाट शुभ मंगल र कल्याणको शुभ कामना व्यक्त गर्दै राजयोगिनी तपस्विनी ब्रह्माकुमारी दिदि-बहिनीहरुद्वारा प्रभु प्रेमी आत्माहरुलाइ पवित्र राखीद्वारा रक्षाबन्धन गरियो ।

Share: