Daily Murli

05-08-2021
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– बाबा आउनु भएको छ तिम्रो तकदिर जगाउन , पावन बनेपछि नै तकदिर जाग्छ।”
प्रश्न:– जुन बच्चाहरूको तकदिर जागेको छ, उनीहरूको निशानी के हुन्छ?
उत्तर:– १) उनीहरू सुखका देवता हुन्छन्। बेहदको बाबाबाट सुखको वर्सा लिएर सबैलाई सुख दिन्छन्। कहिल्यै पनि कसैलाई दु:ख दिन सक्दैनन्। उनीहरू हुन् व्यासका बच्चाहरू सच्चा-सच्चा सुखदेव। २) उनीहरू ५ विकारको संन्यास गरेर सच्चा-सच्चा राजयोगी, राजऋषि कहलाउँछन्। ३) उनीहरूको अवस्था एकरस रहन्छ, उनीहरू कुनै पनि कुरामा रुँदैनन्। उनीहरूलाई नै मोहजित भनिन्छ।
गीत:– तकदिर जगाकर आई हुँ….

ओम् शान्ति। गीतको एउटा लाइन सुनेर पनि मीठा-प्यारा बच्चाहरूको रोमाञ्च खडा हुनु पर्ने हुन्छ। हुन त सामान्य गीत हो, तर यसको सार अरू कसैले जानेको छैन। बाबा नै आएर हर गीत, शास्त्रको अर्थ सम्झाउनु हुन्छ। मीठा-बच्चाहरूले यो पनि जानेका छन्– कलियुगमा सबैको तकदिर सुतेको छ। सत्ययुगमा तकदिर जागेको हुन्छ। सुतेको तकदिरलाई जगाउने र मत दिने अथवा तकदिर बनाउने एउटै बाबा हुनुहुन्छ। उहाँ नै बसेर बच्चाहरूको तकदिर जगाउनु हुन्छ। बच्चा पैदा भएपछि उसको तकदिर जाग्छ। बच्चा जन्मिएपछि उनीहरूलाई यो थाहा हुन्छ– हामी वारिस हौं। यो हुबहु बेहदको कुरा हो। बच्चाहरूले जानेका छौ– कल्प-कल्प हाम्रो तकदिर जाग्छ र सुत्छ। पावन बनेपछि तकदिर जाग्छ। पावन गृहस्थ आश्रम भनिन्छ। आश्रम शब्द पवित्र हुन्छ। पवित्र गृहस्थ आश्रम, त्यसको विपरीत हो अपवित्र पतित धर्म, आश्रम भनिदैन। गृहस्थ धर्म त सबैको हो नै। जनावरको पनि छ। बच्चा त सबैले पैदा गर्छन्। जनावरलाई पनि भनिन्छ गृहस्थ धर्ममा छन्। अब बच्चाहरूले जानेका छन्– हामी स्वर्गमा पवित्र गृहस्थ आश्रममा थियौं, देवी-देवता थियौं। उनीहरूको महिमा पनि गायन गरिन्छ– सर्वगुण सम्पन्न… तिमीले स्वयं पनि गायन गर्थ्यौ। अहिले सम्झन्छौ हामी मनुष्यबाट फेरि देवता बनिरहेका छौं। देवी देवताहरूको धर्म छ। फेरि ब्रह्मा-विष्णु-शंकरलाई पनि देवता भनिन्छ। ब्रह्मा देवताए नम:, विष्णु देवताए नम:। शिवको लागि भनिन्छ शिव परमात्माए नम: त्यसैले फरक भयो नि। शिव र शंकरलाई एउटै भन्न सकिँदैन। पत्थरबुद्धि थियौ, अब पारसबुद्धि बनिरहेका छौ। देवताहरूलाई त पत्थरबुद्धि भनिदैन। फेरि ड्रामा योजना अनुसार रावण राज्य भएपछि उनीहरू पनि सिँढी उत्रनु पर्छ। पारसबुद्धिबाट पत्थरबुद्धि बन्नु छ। सबैभन्दा बुद्धिवान् बनाउने त एउटै बाबा हुनुहुन्छ। तिमीलाई पारसबुद्धि बनाउनु हुन्छ। तिमी यहाँ आउँछौ पारसबुद्धि बन्न। पारसनाथका पनि मन्दिर छन्। त्यहाँ मेला लाग्छ। तर यो कसैलाई थाहा छैन– पारसनाथ को हुनुहुन्छ। वास्तवमा पारस बनाउने त बाबा नै हुनुहुन्छ। उहाँ बुद्धिमानहरूको बुद्धि हुनुहुन्छ। यो हो तिमी बच्चाहरूको बुद्धिको लागि खुराक। बुद्धि कति परिवर्तन हुन्छ। जस्तै भनिन्छ– नराम्रो नहेर… अब बाँदरको कुरा त होइन। मनुष्य नै बाँदर जस्तै बन्छन्। वनमान्छेलाई मानिससँग तुलना गर्छन्। यसलाई भनिन्छ नै काँडाको जंगल। एकले अर्कालाई कति दु:ख दिइरहन्छन्। अहिले तिमी बच्चाहरूलाई बुद्धिको खुराक मिलिरहेको छ। बेहदको बाबाले खुराक दिइरहनु भएको छ। यो पढाइ हो, यसलाई ज्ञान अमृत पनि भनिन्छ। कुनै जल आदि होइन। आजकल सबै चीजलाई अमृत भनिदिन्छन्। गंगाजललाई पनि अमृत भन्छन्। देवताहरूको पाउ धोएर पिउँछन्, पानी राख्छन्, त्यसलाई पनि अमृतको अंचली सम्झन्छन्। जसले अंचली लिन्छ, उसलाई त्यसो भनिदैन– यो पतितलाई पावन बनाउनेवाला हो। गंगाजलको लागि भन्छन्– पतित-पावनी हो। भन्छन् पनि– मनुष्य मर्दा मुखमा गंगाजल होस्। देखाउँछन्– अर्जुनले बाण हाने फेरि अमृत जल पिलाए। तिमी बच्चाहरूले कुनै बाण आदि चलाएका होइनौ। एउटा गाउँ छ जहाँ बाणले लडाईं गर्छन्। त्यहाँका राजालाई ईश्वरको अवतार भन्छन्। बाबा भन्नुहुन्छ– यी सबै भक्ति मार्गका गुरु हुन्। सच्चा-सच्चा सद्गुरु एउटै हुनुहुन्छ। सर्वका सद्गति दाता एक हुनुहुन्छ, जसले सबैलाई साथै लिएर जानुहुन्छ। बाबा सिवाय कसैले फर्काएर लिएर जान सक्दैन। ब्रह्ममा लिन हुने पनि कुरा होइन। यो नाटक बनेको छ, जुन चक्र अनादि घुमिरहन्छ। विश्वको इतिहास भूगोल कसरी दोहोरिन्छ। यो अहिले तिमीले जानेका छौ। मनुष्य अर्थात् आत्माहरूले आफ्नो बाबा रचयितालाई पनि चिनेका छैनन्, जसलाई याद पनि गर्छन्– ओ गड फादर भनेर। हदको पितालाई कहिल्यै गड फादर भनिदैन। गड फादर शब्द धेरै इज्जतसँग भन्छन्। उहाँकै लागि भन्छन्– उहाँ पतित-पावन, दु:ख हर्ता, सुख कर्ता हुनुहुन्छ। एकातर्फ भन्छन्– उहाँ दु:ख हर्ता, सुख कर्ता हुनुहुन्छ, फेरि कुनै दु:ख भयो भने वा बच्चा आदि मर्यो भने भनिदिन्छन्– ईश्वरले नै सुख दु:ख दिनुहुन्छ। ईश्वरले हाम्रो बच्चा लिनु भयो, यो के गर्नुभएको होला! ईश्वरलाई फेरि गाली गर्छन्। भन्छन् पनि– ईश्वरले बच्चा दिनु भयो फेरि यदि उहाँले फिर्ता लिनु भयो भने तिमी किन रुन्छौ? ईश्वरको पासमा गयो नि। सत्ययुगमा कहिल्यै कोही पनि रुदैन। बाबा सम्झाउनु हुन्छ– रुने त कुनै आवश्यकता नै छैन। आत्माले आफ्नो हिसाब किताब अनुसार गएर पार्ट खेल्नु छ। ज्ञान नभएको कारणले मनुष्य कति रून्छन्। पागल जस्तै हुन्छन्, यहाँ त बाबाले सम्झाउनु हुन्छ– मम्मा मरे पनि हलुवा खाऊ… पिता मरे पनि हलुवा खाऊ¨ नष्टोमोहा हुनु छ। मेरो त एक बेहदको बाबा हुनुहुन्छ, दोस्रो न कोही। बच्चाहरूको यस्तो अवस्था हुनुपर्छ। मोहजित राजाको कथा पनि सुनेका छौ नि। सत्ययुगमा कहिल्यै दु:खको कुरा हुँदैन। न कहिल्यै अकालमा मृत्यु हुन्छ। बच्चाहरूले जानेका छौ– हामीले कालमाथि विजय पाउँछौं। बाबालाई महाकाल पनि भनिन्छ, कालहरूका काल। तिमीले कालमाथि विजय पाउनु छ अर्थात् कालले कहिल्यै खाँदैन। कालले न आत्मालाई, न शरीरलाई खान सक्छ। आत्माले एउटा शरीर छोडेर अर्को लिन्छ। त्यसैलाई कालले खायो भन्छन्, बाँकी काल कुनै चीज होइन। मनुष्यले महिमा गाइरहन्छन्, केही बुझ्दैनन्। अच्युतम्, केशवम्… बाबा सम्झाउनु हुन्छ– यी ५ विकारले तिम्रो बुद्धिलाई कति बिगारिदिन्छन्। यस समयमा कसैले पनि बाबालाई चिनेका छैनन्। त्यसैले यसलाई अनाथको दुनियाँ भनिन्छ। आपसमा कति लडाईं झगडा गरिरहन्छन्। यो सारा दुनियाँ बाबाको घर हो नि। बाबा सारा दुनियाँका बच्चाहरूलाई पतितबाट पावन बनाउन आउनु हुन्छ। आधाकल्प अवश्य पावन दुनियाँ थियो नि। गाउँछन् पनि– राम राजा राम प्रजा… त्यहाँ फेरि अधर्मको कुरा हुन कसरी सक्छ? भन्छन् पनि– त्यहाँ बाघ र बाख्राले सँगसँगै पानी पिउँछन्, फेरि त्यहाँ रावण आदि कहाँबाट आयो? बुझ्दैनन्, दुनियाँले त यस्ता कुरा सुनेर हाँस्छन्। बाबा आएर ज्ञान दिनुहुन्छ, यो पतित दनियाँ हो नि। प्रेरणाबाट कहाँ पतितलाई पावन बनाउनु हुन्छ र! बोलाउँछन्– पतित-पावन आउनुहोस्, अवश्य यहाँ नै आउनु भएको थियो। अहिले पनि भन्नुहुन्छ– म ज्ञानको सागर आएको छु, तिमीलाई आफू समान मास्टर ज्ञान सागर बनाउन। बाबालाई नै सच्चा-सच्चा व्यास भनिन्छ। त्यसैले यी व्यास देव र तिमी उनका बच्चा सुखदेव, तिमी अहिले सुखका देवता बन्छौ। सुखको वर्सा लिइरहेका छौ व्यास, शिवाचार्यबाट। व्यासका बच्चा तिमीहरू हौ। तर मनुष्य नअलमलिऊन् त्यसैले भनिन्छ शिवका बच्चाहरू। उहाँको असली नाम हो शिव। आत्मालाई जानिन्छ, परमात्मालाई पनि जानिन्छ। उहाँ नै आएर पतितबाट पावन बन्ने मार्ग बताउनु हुन्छ। भन्नुहुन्छ– म तिमी आत्माहरूको बाबा हुँ। भन्छन्– अंगुष्ठ वा बुढी औंला जस्तै हुनुहुन्छ। यति ठूलो त यहाँ (भृकुटीमा) बस्न पनि सक्नुहुन्न। उहाँ त धेरै सूक्ष्म हुनुहुन्छ। डाक्टरहरूले पनि आत्मालाई देख्नको लागि कडा मेहनत गर्छन्। तर देख्न सक्दैनन्। आत्मालाई महसुस गरिन्छ। बाबा सोध्नुहुन्छ– अहिले तिमीले आत्माको अनुभूति गर्यौ? यति सानो आत्मामा अविनाशी पार्ट भरिएको छ। मानौं एउटा रेकर्ड हो। पहिला तिमी देह-अभिमानी थियौ, अहिले देही-अभिमानी बनेका छौ। तिमीले जानेका छौ– हाम्रो आत्माले ८४ जन्म कसरी लिइरहन्छ। त्यसको अन्त्य हुँदैन। कसै कसैले सोध्छन्– यो ड्रामा कहिलेबाट सुरु भएको हो? तर यो त अनादि हो, यसको कहिल्यै विनाश हुँदैन। यसलाई बनिबनाउ अविनाशी विश्व नाटक भनिन्छ। विश्वलाई पनि तिमीले जानेका छौ। जसरी नपढेका बच्चाहरूलाई पढाइन्छ, त्यसैगरी बाबाले तिमी बच्चाहरूलाई पढाइरहनु भएको छ। आत्माले नै शरीरद्वारा पढ्छ। यो हो पत्थरबुद्धिको लागि भोजन। बुद्धिलाई समझ मिल्छ। तिमी बच्चाहरूको लागि नै बाबाले चित्र बनाउन लगाउनु भयो। धेरै सहज छ। त्रिमूर्ति ब्रह्मा, विष्णु, शंकर, अब ब्रह्मालाई त्रिमूर्ति किन भनिन्छ! देव-देव महादेव… एक अर्को भन्दा माथि राख्छन्। अर्थ केही पनि जानेका छैनन्। अब ब्रह्मा कसरी हुन सक्छन्, जबकि ब्रह्मालाई प्रजापिता भनिन्छ। त्यसैले सूक्ष्मवतनमा ती देवता कसरी हुन सक्छन्? प्रजापिता ब्रह्मा त यहाँ हुनुपर्छ। यी कुरा कुनै पनि शास्त्रमा छैनन्। बाबा भन्नुहुन्छ– म यस शरीरमा प्रवेश गरेर यिनीद्वारा तिमीलाई सम्झाउँछु, यिनलाई आफ्नो रथ बनाउँछु। यिनको अनेक जन्मको अन्त्यमा म आउँछु। यिनले पनि ५ विकारको संन्यास गर्छन्। संन्यास गर्नेलाई योगी, ऋषि भनिन्छ। अहिले तिमी राजऋषि हौ। तिमीले प्रतिज्ञा गर्छौ। ती संन्यासीहरू त घरबार छोडेर जान्छन्। यहाँ त स्त्री-पुरुष सँगसँगै रहन्छन्। भन्छन्– हामी विकारमा कहिल्यै जाने छैनौं। मूल कुरा हो नै विकारको।

तिमीले जानेका छौ– शिवबाबा रचयिता हुनुहुन्छ। उहाँले नयाँ रचना रच्नुहुन्छ। उहाँ बीजरूप सत् चित, आनन्दको सागर, ज्ञानको सागर हुनुहुन्छ। स्थापना, पालना, विनाश कसरी गर्नुहुन्छ– यो बाबाले नै जान्नुहुन्छ। यी कुरालाई मनुष्यले त जानेका छैनन्। तिमी बच्चाहरूले अहिले यी सबै कुरालाई जानेका छौ, त्यसैले सबैलाई सम्झाउन सक्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) हरेक आत्माको हिसाब-किताब आ-आफ्नो छ, त्यसैले कसैले शरीर छोड्यो भने रुनु छैन। पूरा नष्टोमोहा बन्नु छ। बुद्धिमा रहोस्– मेरो त एक बेहदको बाबा, दोस्रो न कोही।

२) ५ विकार, जसले बुद्धिलाई बिगारिदिन्छ, त्यसको त्याग गर्नु छ। सुखको देवता बनेर सबैलाई सुख दिनु छ। कसैलाई दु:ख दिनु हुँदैन।

वरदान:– रहमको दृष्टिद्वारा घृणा दृष्टिलाई समाप्त गर्ने , नलेजफुल भव
जुन बच्चाहरू एक-अर्काको संस्कारलाई चिनेर संस्कार परिवर्तनको लगनमा रहन्छन्, उनीहरूले कहिल्यै यो सोच्दैनन्– यो त हो नै यस्तो, तिनलाई भनिन्छ ज्ञानी। तिनीहरू स्वयंलाई हेरेर अझै निर्विघ्न रहन्छन्। उनको संस्कार बाबाको जस्तै रहमदिलको हुन्छ। दयाको दृष्टिले घृणा दृष्टिलाई समाप्त गरिदिन्छन्। यस्तो रहमदिल बच्चाहरूले कहिल्यै आपसमा खिट-पिट गर्दैनन्। उनीहरूले सपूत बनेर सबूत दिन्छन्।
स्लोगन:– सदा परमात्म चिन्तन गर्नेहरू नै बेफिक्र बादशाह हुन्, उनीहरूलाई कुनै पनि प्रकारको चिन्ता हुन सक्दैन।

मातेश्वरीजीका अनमोल महावाक्य:–

 अखण्ड ज्योति तत्त्व साइलेन्स लज र साकारी दुनियाँ प्ले ग्राउण्ड”

आत्माको निवास स्थान हो अखण्ड महतत्त्व, जहाँ आत्मा यस शरीरको पार्टबाट मुक्त हुन्छ अर्थात् दु:ख सुखबाट न्यारा अवस्थामा हुन्छ जसलाई साइलेन्स लज पनि भनिन्छ। अनि आत्माहरूले शरीर सहित पार्ट खेल्ने स्थान हो प्ले ग्राउण्ड, यो साकार दुनियाँ हो। त्यसैले दुइवटा दुनियाँ छन्– एउटा हो निराकारी दुनियाँ र अर्को साकारी दुनियाँ। दुनियाँले त केवल भन्छन्– परमात्मा रचयिताले पालना गर्नुहुन्छ, संहार गर्नुहुन्छ, खुवाउनु हुन्छ, मार्नु हुन्छ, जलाउनु पनि हुन्छ। त्यसैले दु:ख सुख दिने पनि उहाँ नै हुनुहुन्छ। जब कुनै दु:ख पर्यो भने भन्छन्– प्रभु हजुरको रोजाई मीठो छ, तर यो हो अयथार्थ ज्ञान किनकि यो कुनै परमात्माको काम होइन, परमात्मा दु:ख हर्ता हुनुहुन्छ, दु:ख कर्ता हुनुहुन्न। जन्म लिनु मर्नु, दु:ख सुख भोग्नु हरेक मनुष्यको आत्माको संस्कार हो। शारीरिक जन्म दिने माता पिता हुन्, उनीहरू पनि कर्म बन्धन अनुसार पिता पुत्रको सम्बन्धमा आउँछन्, यस रीतिबाट आत्माहरूका पिता फेरि परमात्मा बाबा हुनुहुन्छ उहाँले कसरी बेहदको रचनाको स्थापना, पालना गर्नुहुन्छ। कसरी उहाँ आफ्ना तीन रूप ब्रह्मा, विष्णु, शंकरका रचयिता हुनुहुन्छ र फेरि यी आकारी रूपद्वारा दैवी सृष्टिको स्थापना, आसुरी दुनियाँको विनाश र फेरि दैवि दुनियाँको पालना गराउनुहुन्छ। परमात्माका यी तीन काम बेहदका छन्। बाँकी यो दु:ख सुख, जन्म मरण कर्म अनुसार हुन्छ। परमात्मा त हुनुहुन्छ नै सुख दाता, उहाँ कुनै आफ्ना बच्चालाई दु:ख दिनुहुन्न। अच्छा, ओम् शान्ति।

Share: