नवलपुर ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा निर्मित शिव स्मृति भवन समुद्घाटन

नवलपरासी, कावासोती थाना, नवलपुर स्थित् ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा निर्मित शिव स्मृति भवनको समुद्घाटन २०७६ कार्तिक २ गते ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगीनी राज दिदीज्यूको करकमलद्वारा सु–सम्पन्न भएको छ । भवन समुद्घाटन तथा रजत जयन्ती कार्यक्रममा गण्डकी प्रदेशका माननीय सामाजिक विकास मन्त्री नरदेवी पुन मगर, ब्रह्माकुमार रामसिंह ऐर, प्रदेश नं ४ का माननीय सांसद रोसन बहादुर गाह थापा, ब्रह्माकुमार अर्जुन, ब्रह्माकुमार बिजय, नवलपुर सेवा केन्द्रकी संचालीका ब्रह्माकुमारी जमुना लगाएतको उपस्थित रहेको थियो । साथै सोही स्थानबाट परमात्मा शिब बाबाको ज्ञान प्राप्त गरेर ईश्वरीय सेवामा आफुलाई समर्पित गरि देशका विभिन्न स्थानमा सेवारत ब्रह्माकुमार तथा ब्रह्माकुमारीहरुलाई सम्मान गरीएको थियो

Share: