स्वर्णिम युगको लागि परमात्मा शंक्ति

११/०६/२०७६ काठमाडौं, नेपाल

आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालको २०१९/२० को वार्षिक छाता कार्यक्रम “स्वर्णिम युगको लागि परमात्मा शंक्ति” को राष्ट्रिय शुभारम्भ एक समारोहका विच उद्घाटन भएको छ । कार्यक्रमको समुद्घाटन माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगीनी राज दिदी, प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, माउण्ट आबू भारत, समाज सेवा विभागका अध्यक्ष राजयोगी अमिर चन्द, पूर्व मन्त्रि तथा माननीय सांसद भीमसेनदास प्रधान, पूर्व मन्त्रि केशवलाल श्रेष्ठ, पूर्व मन्त्रि बालाराम घर्तिमगर लगाएत अन्य विशिष्ठ अतिथिहरुद्वारा संयुक्त रुपमा भएको थियो । कार्यक्रममा मन्त्री अर्यालले समाजमा भौतिक ज्ञानका साथै अध्यात्मिक ज्ञानको समेत खाँचो रहेको बताउनुभयो । त्यसैगरी सम्पुर्ण मानवलाई नैतिकवान तथा चरित्रवान बनाउन विद्यालय स्थरबाटै नैतिक शिक्षा लागु गर्नुपर्ने भन्दै ब्रह्माकुमारी संस्थालाई उक्त कार्य गर्न आग्रह गनुभयो ।
त्यसैगरी राजयोगीनी राज दिदीले सदाकालसम्म खुसी रहनका लागी कर्ममा सुधार गर्न सम्पुर्णलाई आग्रह गनुभयो । साथै ब्रह्माकुमारी संस्थाले दिएको ज्ञानबाट लाखौँ व्यक्ति परिवर्तन भएको र दुव्र्यसन त्यागेको जानकारी गराउनु भयो ।
कार्यक्रमका प्रमुख वत्ता राजयोगी ब्र. कु अमिर चन्दले वर्तमान समय मानिसमा नैतिकता, मर्यादा र अनुशासनमा कमी आएको भन्दै पुनः नैतिकवान तथा चरित्रवान बन्न मेडिटेसनका माध्यमबाट परमात्माको शक्ति प्राप्त गर्न आग्रह गर्नुभयो । त्यसैगरी मानव परिर्वतन भए संसारलाई स्वर्णमयुगमा परिवर्तन गर्न सकिने उल्लेख गर्नुभयो ।
भव्य समारोहका विच भएको उक्त कार्यक्रममा डिभाईन कल्चर ग्रुपले साँस्कुतीक कार्यक्रमद्वारा सम्पुर्णको ध्यानार्कषण गरेको थियो । कार्यक्रमको अन्त्यमा उपस्थित सम्पुर्ण अतिथिहरुलाई ब्रह्माकुमारी राज दिदीले ईश्वरीय सौगात प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको पूर्ण झलक : https://www.youtube.com/watch?v=Us61ehNDWT0

 

Share: