Daily Nepali Murli
09-09-2022 | ओम् शान्ति प्रातः मुरली “बापदादा” | मधुबन |
मीठे बच्चे– जबसम्म बाँचिन्छ , तबसम्म पढ्नु छ , सिक्नु छ। तिम्रो पढाइ हो नै पावन दुनियाँको लागि , पावन बन्नको लागि।” | |
प्रश्न:– | बाबाले कुन गुणमा बच्चाहरूलाई आफू समान बनाउने शिक्षा दिनुहुन्छ? |
उत्तर:– | बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! जसरी म निरहंकारी छु, त्यसैगरी तिमी बच्चाहरू पनि म समान निरहंकारी बन। बाबाले नै तिमीलाई पावन बन्ने शिक्षा दिनुहुन्छ। पावन बन्नाले नै बाबा समान बन्छौ। |
प्रश्न:– | जब बुद्धि असल बन्छ, त्यसपछि कुनचाहिँ ज्ञान बुद्धिमा स्वत: बस्छ? |
उत्तर:– | म आत्मा के हुँ, मेरो पिता परमात्मा के हुनुहुन्छ, उहाँको के पार्ट छ? आत्मामा कसरी अनादि पार्ट भरिएको छ जुन खेलि नै रहन्छ? यी सबै कुरा असल बुद्धि भएकाले नै बुझ्न सक्छन्। |
गीत:– | धीरज धर मनुवा… |
ओम् शान्ति। बेहदका माता-पिता मिल्नुभयो त्यसैले धैर्य मिल्यो। कसलाई? आत्माहरूलाई वा जीव आत्मा बच्चाहरूलाई? आत्मा एउटा सानो बिन्दु हो। दुनियाँमा एउटा पनि मनुष्य छैन जसको बुद्धिमा हुन्छ– आत्मा एउटा बिन्दु समान तारा हो। तिमीलाई थाहा छ– हाम्रो यति सानो आत्मामा ८४ जन्मको, ५ हजार वर्षको पार्ट छ। अरू आत्माहरूमा त यति पार्ट भरिएको छैन। मनुष्यहरूको बुद्धि कति कमजोर भएको छ जसले गर्दा बुझ्दैनन्। परमात्माको लागि त भनिदैन– उहाँले ८४ जन्म वा ८४ लाख जन्म लिनुहुन्छ। होइन। तिमी बच्चाहरूलाई थाहा छ यति सानो आत्मामा ८४ जन्मको अविनाशी पार्ट निश्चित छ। त्यसलाई भावी भनिन्छ नि। कति सानो बिन्दु आत्मा छ, जसमा सबै जन्मको अविनाशी पार्ट निश्चित गरिएको छ, त्यो कहिल्यै मेटिदैन, मेटिनेवाला पनि छैन। कति ठूलो अचम्म छ। तिमीहरूमा पनि कोही छन् जसले यो कुरालाई जानेका छन्– फेरि भुल्छन्। यो धारणा गर्नु छ अरूलाई सम्झाउनको लागि। परमपिता परमात्मालाई करनकरावनहार भनिन्छ, उहाँले पनि गर्नुहुन्छ सिकाउनको लागि। उहाँलाई निराकार-निरहंकारी भनिन्छ। यसको अर्थ पनि कसैले बुझ्न सक्दैन। यो गुण बच्चाहरूलाई नै सिकाइन्छ। बच्चाहरू पनि यस्तै निरहंकारी बन्नु छ। ज्ञानसागर हुनुहुन्छ त्यसैले ज्ञान पनि सुनाउन पर्छ नि। पतित-पावन हुनुहुन्छ त्यसैले अवश्य आएर पतितहरूलाई नै शिक्षा दिनुहुन्छ, पावन बन्ने। जसरी संन्यासीले शिक्षा दिन्छन् संन्यास गराउनको लागि। यहाँ पनि ५ विकारहरूको संन्यास गर्नु छ। पतित-पावन नै आएर शिक्षा दिनुहुन्छ। नत्र हामी पावन कसरी बन्ने? गाउँछन् पनि– जबसम्म जिउनु छ, तबसम्म सिक्नु छ, पढ्नु छ। स्कूलमा त यस्तो भनिदैन। त्यसमा त यसै जन्ममा पढाइको प्रारब्ध भोग्नु छ। यहाँ त भनिन्छ जबसम्म जिउनु छ तबसम्म पढ्नु छ। अन्त्यसम्ममा कर्मातीत अवस्था प्राप्त गर्नु छ। आत्मालाई योगद्वारा नै पवित्र बनाउनु छ। जति योगमा रहन्छौ त्यति तिम्रो आत्मा सत्ययुगमा जान्छ फेरि कलियुगमा न आत्मालाई, न शरीरलाई रहनु छ। हामीले पढ्छौं नै पावन दुनियाँमा आउनको लागि। यो यस्तो गहन कुरा छ जुन कहिल्यै कसैले सम्झाउन सक्दैन। अरू मनुष्यले त के-के गरिरहन्छन्। विज्ञान घमण्डीले कस्ता-कस्ता वस्तु बनाइरहन्छ। तारा, चन्द्रमामा पनि जाने पुरुषार्थ गर्छन्। तिमीलाई थाहा छ यसबाट कुनै जीवनमुक्ति मिल्दैन। थोरै अल्पकालको क्षणभंगुर सुख मिल्छ। एरोप्लेनबाट सुख पनि मिल्छ, दु:ख पनि मिल्छ। भोलि दुर्घटना भयो भने दु:ख हुन्छ। पानीजहाज डुब्छन्, ट्रेनको दुर्घटना हुन्छ। बस्दा-बस्दै पनि मनुष्य हर्टफेल हुन्छन्। सुखधाम त हो नै बेग्लै। त्यहाँ सदैव सुख नै सुख हुन्छ। यस दुनियाँमा जे पनि सुख छ त्यो हो नै अल्पकाल कागविष्टाको समान।
तिमी बच्चाहरूलाई अहिले धेरै असल बुद्धि मिलेको छ। म आत्मा के हुँ, मेरो पिता परमात्मा के हुनुहुन्छ? उहाँको पार्ट के हो, हाम्रो पार्ट के हो?– सारा बुद्धिमा ज्ञान छ। तिमी बच्चाहरूमा पनि सबैको ८४ जन्म भनिदैन। सबै कहाँ सत्ययुगमा एकैसाथ जम्मा हुन्छन् र त्यसैले सबैको पूरा ८४ जन्म भनिदैन। चन्द्रवंशीमा पनि पछाडिसम्म आइरहन्छन्। वृद्धि हुँदै जान्छ। जन्म थोरै हुँदै जान्छ। यो विस्तारको कुरा हो। वृद्धाहरूलाई पहिला अल्फ बे माथि पक्का गराउनु छ। अल्फ माना बाबा, बे माना बादशाही। यो त बिलकुल सही कुरा हो नि। स्वर्गको बादशाही थियो, हामी सारा विश्वका मालिक थियौं, अरू कुनै राज्य थिएन। जो रुद्रको माला बन्छ त्यही फेरि विष्णुको माला बन्छ। यो ज्ञान तिमी बच्चाहरूलाई मिलेको छ। आत्मा के हो, परमात्मा के हुनुहुन्छ, उहाँ को रूप के हो, कस्तो आकार छ?– यो सबै कुरा अहिले तिम्रै बुद्धिमा छ। कति सानो आत्मा छ, परमात्मालाई पनि भक्तिमार्गमा धेरै मेहनत गर्नु पर्छ। द्वापरदेखि कलियुग अन्त्यसम्म अथवा संगमको अन्त्यसम्म भनिन्छ, उहाँको पार्ट चल्छ। यो सबै तिमीलाई थाहा छ। तिमीले भन्छौ यो सबै कल्प पहिला पनि भएको थियो। आजभन्दा ५ हजार वर्ष पहिला पनि भएको थियो। एउटा अखबारमा सधैं राख्छन्– १०० वर्ष पहिला के भएको थियो? १०० वर्षको कुरा त सहज छ। अखबारबाट निकालेर झट्ट बताउँछन्। त्यो हो टाइम्स अफ इन्डिया अखबार। तिम्रो अखबार हो टाइम्स अफ वर्ल्ड। यो शब्द बडो राम्रो छ। सँधै लेख्न सक्छौ। आजभन्दा ५ हजार वर्ष पहिला के भएको थियो। ५ हजार वर्ष पहिला जे भएको थियो त्यही भएको छ। यस्तो लेख्दै गएमा मनुष्यलाई ड्रामाको ज्ञान थाहा हुन्छ। पत्रिकामा पनि लेख्न सकिन्छ। तिमी बच्चाहरूको बुद्धिमा त सबै ज्ञान छ। आत्मा र परमात्माको ज्ञान त कुनै पनि मनुष्यमा छैन। त्यसैले त्यो मनुष्य के काम को? तिमीलाई थाहा छ मनुष्यले नै ८४ जन्म लिन्छन्। सबैभन्दा पहिला ब्राह्मण वर्ण फेरि देवता… वर्णहरूमा आउँछन्। वर्ण त यहाँ नै हुन्छ। सूक्ष्मवतनमा त वर्णको कुरा नै हुँदैन। ब्रह्मालाई प्रजापिता भन्छन्। विष्णुलाई प्रजापिता भनिदैन। ब्रह्माद्वारा त एडप्ट गरिन्छ। विष्णुका दुई रूप लक्ष्मी-नारायणका त बच्चा पैदा हुन्छन्, जो गद्दीमा बस्छन्। शंकरलाई पनि प्रजापिता भनिदैन। यो पनि जान्दछौ जस्तो-जस्तो भावना हुन्छ त्यस्तै-त्यस्तै साक्षात्कार हुन्छ। बाँकी त्यहाँ कुनै सर्प आदिको कुरा हुँदैन। बयल पनि त्यहाँ हुन सक्दैन। सूक्ष्मवतनमा त हुन्छन् नै देवताहरू। सूक्ष्मवतनमा जान्छौ– बगैँचा फल आदि देख्छौ। के त्यहाँ बगैँचा छ? बाबाले साक्षात्कार गराउनुहुन्छ। बाँकी केही हुँदैन। बुद्धिले भन्छ त्यहाँ सूक्ष्मवतनमा वृक्ष आदि हुन सक्दैनन्। यो अवश्य साक्षात्कार मात्र हुन्छ। साक्षात्कार पनि यहाँको गराउनु हुन्छ। यो सबै हो साक्षात्कार यसलाई जादुगरीको खेल भनिन्छ। यो कुनै ज्ञान होइन। मनुष्यले मनुष्यलाई वकिल बनाउँछन्, त्यसलाई कुनै जादु भनिदैन। उनीहरूले विद्या दिन्छन्। उहाँले तिमीलाई मनुष्यबाट देवता बनाउनुहुन्छ नयाँ दुनियाँको लागि, त्यसैले जादुगरी भनिन्छ। दिव्य दृष्टिको चाबी बाबासँग भएको कारणले उहाँलाई जादुगर पनि भनिन्छ। उनीहरूले भन्छन् गुरुको कृपा हो , मूर्तिबाट साक्षात्कार भयो। त्यसबाट त फाइदा केही पनि छैन। यहाँ त पुरुषार्थ गरेर स्वयं ती लक्ष्मी-नारायण, सीता-राम बनिरहेका छौ। यहाँ तिमी आएका छौ सूर्यवंशी, चन्द्रवंशी राजधानीको राजा बन्न।
पहिला मुख्य कुरा हो कोही नयाँ आउँछ भने त्यसलाई बाबाको परिचय देऊ। ब्रह्म तत्त्व, महत्तत्त्व हो। शिवबाबा निराकारलाई कुनै ब्रह्म तत्त्व भनिदैन। एक-एक शब्दको अर्थ छ। तिमी ईश्वरीय बच्चा हौ। यस्तो होइन– सबै ईश्वरका रूप हुन्। यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। बाँकी साक्षात्कार आदि त गफगाफ हो, यसको आशा राख्नु हुँदैन। सम्झन्छन् अहिले स्वयं बाबा आउनु भएको छ, त्यसैले साक्षात्कार गराउनुहुन्छ, तर यो सबै फाल्तु कुरा हो। फेरि साक्षात्कार न हुनाले निराश भएर पढाइ छोडिदिन्छन्। साक्षात्कारमा राजकुमारलाई देख्छन् अनि सम्झन्छन् मैले यो बन्नु छ। खुशी हुन्छ। धेरै जसो राजकुमारको नै साक्षात्कार हुन्छ। यदि विचार गर्यो भने त मुकुटधारी त सबै बन्छन्। स्त्री पुरुषमा भिन्नता हुँदैन। स्त्रीको लामो कपाल हुन्छन्, थोरै अनुहारमा फरक हुन्छ। आत्मा कति छन् एकको नाम-रूप मिल्दैन अर्कोसँग। आत्मामा अविनाशी पार्ट हुन्छ जुन कहिल्यै परिवर्तन हुन सक्दैन। कस्तो अचम्मको खेल बनेको छ। आत्मालाई अनादि पार्ट मिलेको छ। बाबाले कति सहज बनाएर सम्झाउनुहुन्छ। केवल त्रिमूर्ति चित्रको सामुन्ने गएर बस अनि बुद्धिमा सारा चक्र आउँछ। उहाँ शिवबाबा हुनुहुन्छ, यहाँ ब्रह्मा हुनुहुन्छ जसद्वारा ब्राह्मण रच्नुहुन्छ। अहिले कलियुग छ फेरि सत्ययुग आउनु छ। चित्रको सामुन्ने खडा हुनाले जस्तै सारा विश्वको खेल बुद्धिमा आउँछ। कसरी चक्र घुम्छ, खेलमा को-को छन् यो सबै थाहा हुन्छ। सधैं चित्रलाई हेरिराख। विचार सागर मन्थन गरिराख। यो नर्क हो, यो स्वर्ग हो, यो संगम हो। कति सहज छ। सधैं अभ्यास गर्नाले बुद्धिमा उज्यालो आउँछ। लक्ष्मी-नारायण, राधा-कृष्णको लागि पनि लेख। ब्रह्माद्वारा सत्ययुगको वर्सा मिल्छ। लक्ष्मी-नारायणलाई यो प्रारब्ध कसरी मिल्यो? अवश्य संगमयुग नै हो, जुन बेला यो कर्म गरे। अन्तिम जन्ममा पुरुषार्थद्वारा उनीहरूले यो प्रारब्ध पाएका हुन्। यस्ता-यस्ता विचार बुद्धिमा आउनु पर्छ। फेरि चित्रहरूको पनि आवश्यकता पर्दैन। बुद्धिमा सबै वस्तविकता आउँछ। यी चित्रहरूबाट फेरि दिलरूपी कागजमा उतार्नु छ। बाबाले सेवाकेन्द्रका बच्चाहरूको मुख खोल्ने युक्ति बताइरहनु भएको छ। चित्रहरूलाई हेरिराख। भित्र बोलिराख। रचनाको आदि-मध्य-अन्त्यको ज्ञान जान्नु छ। वृक्षमा स्पष्ट छ। तपस्या यहाँ गरिरहेका छन् राजयोगको। यिनीहरू मनुष्यबाट देवता बन्छन्। फेरि भक्तिमार्ग कसरी सुरु हुन्छ? जो-जो, जुन-जुन धर्मका छन्, त्यसैमा नै फेरि आउँछन्। कति सहज छ। त्यसमाथि नै सम्झाउनु छ। आत्मा के हो, परमात्मा के हुनुहुन्छ? त्यसमा अनादि पार्ट निश्चित गरिएको छ। सत्ययुगमा हामीले सुखको पार्ट खेल्छौं, यति जन्म लिन्छौं। घाटमा पनि गएर तिमीले कसैलाई सम्झाउन सक्छौ। जबसम्म लास जल्छ तबसम्म बसेर सतसँग गर। तिमीलाई कसैले रोक्दैन। भन, आउनुहोस् तपाईंहरूलाई हामी सम्झाउँछौ। सुनेर धेरै खुशी हुन्छन्। कुरा गर्ने बडो ज्ञानी र अनुभवी चाहिन्छ। कहीँ गएर पनि तिमीले सम्झाउन सक्छौ। सम्झाउन त बाबाले धेरै राम्रोसँग सम्झाउनुहुन्छ। तिम्रो साथमा सत्य हुनुहुन्छ। मनुष्यको साथमा झुटो गीता छ। तिम्रो साथमा सारा विश्वको इतिहास-भूगोल छ। श्रीकृष्णको चित्रमा पनि तिमीले राम्रोसँग सम्झाउन सक्छौ। यिनलाई श्याम-सुन्दर किन भन्छन्, आउनुहोस् हामी तपाईंलाई वास्तविकता सुनाउँछौं। सुनेर धेरै खुशी हुन्छन्। विश्व सत्ययुग थियो। अहिले पत्थरयुग छ। कालो भएको छ। काम चितामा बस्नाले कालो मुख हुन्छ। त्यसैले यसरी सम्झाउनाले तिमीले धेरै कमाल गरेर देखाउन सक्छौ। तीनै चित्र साथमा हुन्। एउटा चित्रमा सम्झाएर फेरि अर्को चित्रमा सम्झाउनु पर्छ। धेरै सहज छ। केवल पुरुषार्थको कुरा छ। समय त धेरै छ। बिहान मन्दिरमा जाऊ। आउनुहोस् हामीले तपाईंलाई लक्ष्मी-नारायणको कथा सुनाउँछौं। भक्तिमार्गमा यज्ञ, तप, तीर्थ आदि गर्दा-गर्दा तिमी एकदमै कौडी समान बनेका छौ, फेरि शास्त्रहरूले के सहायता गरे? हामीले तपाईंलाई सत्य बनाउँछौं, सत्यले नै सहायता गर्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) पढाइमा पूरा-पूरा ध्यान दिनु छ। बाँकी साक्षात्कार आदिको आश राख्नु हुँदैन। निराश भएर पढाइ छोड्नु हुँदैन।
२) चित्रहरूलाई हेर्दै विचार सागर मन्थन गरेर हरेक कुरा दिलमा उतार्नु छ। राजयोगको तपस्या गर्नु छ।
वरदान:– | आफ्नो मस्तकमा सदा बाबाको आशीर्वादको हात अनुभव गर्ने , विघ्न विनाशक भव विघ्न-विनाशक उही बन्न सक्छ, जसमा सर्वशक्ति हुन्छन्। सदा यो नशा राख– म मास्टर सर्वशक्तिमान हुँ। सर्व शक्तिलाई समयमा कार्यमा लगाऊ। जुनसुकै रूपमा माया आओस् तर तिमी नलेजफुल बन। बाबाको हात र साथको अनुभव गर्दै कम्बाइन्ड रूपमा रहने गर। दिनहुँ अमृतबेला विजयको तिलक स्मृतिमा ल्याऊ। अनुभव गर– बापदादाको आशीर्वादको हात मेरो मस्तकमा छ। त्यसपछि विघ्न-विनाशक बनेर सदा निश्चिन्त रहन्छौ। |
स्लोगन:– | सेवाद्वारा अविनाशी खुशीको अनुभूति गर्ने र गराउनेवाला नै सच्चा सेवाधारी हो। |